१३ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पुनः बढेको छ ।
भारतमा बितेको २४ घण्टामा ३ सय ८१ जनाले ज्यान गुमाएका छन् भने १५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई २३ तारिखमा मात्रै भारतमा ३ सय १२ जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या बढेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।
अहिलेसम्म भारतमा ५ लाख ९ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १५ हजार ६ सय ८९ जनाको मृत्यु भइसकेको छ । २ लाख ९५ हजार उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया दिनुहोस्