Logo

२४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?



Spread the love

१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ।

नेपालका यी २४ जिल्लाहरुमा पुग्यो ...

नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

आज थप ५९३ जनामा कोरोना संक्रमण देखिएको छ भने उनीहारु ४३ जिल्लाका रहेका छ । कोरोना संक्रमण भएका जिल्ला मध्य पाल्पामा ७६ जनामा, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १०, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२, अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एक/एक जनागरि नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ७५ पुगेको छ । उनीहरूमध्ये २७ जनाको मृत्यु भएको छ भने  २ हजार ६ सय ९८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्