त्रिवेणी एक सचेत पाठक हुन् । उनले विभिन्न विषयवस्तुमा आधारित भइ पत्रिका तथा अनलाइनमा लेख रचनाहरु प्रकाशित गरिसकेका छन् । उनै त्रिवेणीलाई आज हामीले सल्लेरी वार्तामा लिएका छौँ ।
१.सञ्चै हुनुहुन्छ ?
शायद ! वास्तवमा रोगी वा निरोगी भनेर अरुले डाइग्नोज् गर्दिने रैछ । मलाई आफू भने बिसेकै छु जस्तो लाग्छ ।
२.सर्वप्रथम पढेको किताब ?
भाषागत दृष्टिकोणबाट यो प्रश्नलाई हेर्ने हो भने उत्तर, ‘मालुम नही’ हुन्छ । टेक्स्टबुक बाहेकको किताब हो भन्ने अर्थ लगाउँदा, मैले पढेको पहिलो किताब डाइमन्ड समशेरको ‘वसन्ती’ हो । मलाई झरी र वसन्तीको शरीरको वर्णन अझै पनि याद छ ।
३.धेरैपटक पढेको किताब ?
बिनाकारण किताब दोहोर्याउने बानी छैन । आचार्यले ‘पाठशाला’ का रियल लाइफ क्यारेक्टर चिनाएपछि भने उनीहरुलाई सम्झंदै पुनः पढ्दा आनन्द लिएको थिएँ । पूर्णतः नदोहोर्याए पनि ‘माधवी’ र ‘लोलिता’ का दुई–चार पाना अक्सर पढ्ने गर्छु । ‘लिङ्कन ईन द बार्दो’ भने नबुझेका कारण दोहोराउनु पर्यो । ‘युलेसिस् ’ र ‘अ हर्स वाक ईन्टु द बार’ दशौँ पटक पढ्दा पनि बुझेको छैन र पढ्न पनि छाडेको छैन । युलेसिस्, द्याट गडड्याम बुक ईज रियल्ली किलिङ मि !
४.कस्ता खालका किताब रोजाईमा पर्छन् ?
डिपेन्ड्स अपन टाइम एण्ड स्पेस । निद्रा नलागे बोरिङ फिक्सन पढ्छु, यात्रामा मेमोयर प्रिफर । आजकल फिक्सनको चाप भने ह्वात्तै घटेको छ । मेरो रुचि भनेको फिलोसफी हो । विशेषतः पूर्विय दर्शन !
५.उसोभए तंपाई आस्तिक ?
हो, तर यसको बुझाईमा बदलाब ल्याउनुपर्छ । अधिकांशलाई यो भ्रम छ कि ईश्वर मान्ने आस्तिक र नमान्ने नास्तिक हुन् । मेरो बुझाई फरक छ । एक्चुअल्ली दिज् बोथ आर फिलोसफिज् । आत्माको अस्तित्व स्वीकार्ने आस्तिक दर्शन हो भने नस्वीकार्ने नास्तिक । जस्तो कि बुद्धिजम् र साङ्ख्य क्रमशः नास्तिक र आस्तिक दर्शन हुन् ।
६.नेपालमा विज्ञान र पूर्वीय दर्शनको तादाम्यता कत्तिको पाउनुहुन्छ ? के पूर्वीय दर्शन नै पश्चिमी दर्शनको मुहान हो ?
तादाम्यता छैन । पूर्वीय दर्शनका अधिकांश विद्यार्थी अन्तेवासी हुन्छन् । ती मध्येका धेरैलाई पुराण प्रचारको ठेक्का दिइन्छ । फेरि दर्शनको कति अध्येताले विज्ञान पनि पढेका होलान् र ? समस्या यो हो कि ?, पूर्वीय दर्शनलाई राम्ररी बुझ्न संस्कृत भाषाको ज्ञान हुनुपर्छ । यो ज्ञान गुरु–शिष्य परम्परामा निर्भर रहन्छ । अधिकांश संस्कृत पढाउने गुरु भाषाभन्दा बढी तथाकथित देउताको स्तुति घोकाउँछन् । त्यसपछि विद्यार्थीले कि जिन्दगी भर घण्टी बजाउँछ कि मैले झैँ गुरु त्याग गर्छ । कुरा रह्यो पश्चिमी दर्शनसँगको । मलाई त्यस्तो लाग्दैन । पश्चिमी दर्शनसँग पूर्वीय दर्शनका केही कुरा मिल्यो भन्दैमा यसलाई मुहान क्लेम गर्नु डार्बिनको इभोलुसन थ्योरीलाई विष्णुका अबतारसँग जोडेर वैज्ञानिकता प्रमाणित गर्नु जस्तै हो । इन रियालिटी, बोथ आर फेक ।
७.किताबले समाजको प्रतिनिधित्व गर्नुपर्दछ भन्ने गरिन्छ, समाजको प्रतिनिधित्व कत्तिको गरेको पाउनुहुन्छ ?
हो, किताबले समाजको प्रतिनिधित्व गर्नुपर्छ र गरेकै हुन्छ; चाहे त्यो जुनसुकै विधाको होस् । अब कत्तिको गर्छ भन्ने कुरा लेखकको अध्ययन र लेखाइको शील्पमा भर पर्छ । दिस इस रिलेटिभ फ्याक्टर ।
८.नेपाली साहित्यमा कुन–कुन विधाका किताबको कमी पाउनुहुन्छ ?
आवर लिट्रेचर ईजन्ट बर्न ईन केस अफ साइन्स फिक्सन । गतिला गैरआख्यानको पनि कमी छ, आख्यान त यतिबिघ्न भए कि ती पढ्दा मात्रै एउटाको जुनी बित्छ । जनसङ्ख्याका हिसाबले, वि ह्याभ लट्स अफ राइटर्स ईन कम्पेरिजन् विथ वोदर कन्ट्रिज ! बट वि ह्याभ फ्यू बुक्स ह्विच क्यान बि सेड बुक्स !
९.सरकारले किताबमा कर लगाएको छ । यसबारे तंपाई के भन्नुहुन्छ ?
यसमा मेरो बोल्ड रियाक्सन छैन । एकजना दाइले करको अर्थशास्त्र एक्सप्लेन गर्नुभएको थियो । उहाँको मत, यो सही हो भन्ने छ । म गलत हो भनिहाल्न सक्ने अवस्थामा छैन ।
१०.लेख लेख्नुहुन्छ, अघोर सम्बन्धी लेख पढ्दा तन सिरिङ्ग भयो । तंपाई उतिबेला कुन हालतमा हुनुहुन्थ्यो ?
लेखमा उल्लेख गरेको भन्दा नाजुक अवस्थामा थिएँ म, र त्यो अवस्थाको वर्णन अक्षरले गर्न गाह्रो थियो । उसो त म हत्तपत्त डराउन्न तर अघोरी अघोरी नै थियो । हि ईज रियल फियर !
११.विज्ञानको विद्यार्थी भएर पनि तंपाईमा संस्कृतप्रतिको झुकाव निकै देखिन्छ । कारण केही छ ? अनि नेपालमा संस्कृत भाषा प्रति किन अनुदार छन् मानिसहरु ?
हो, मैले प्लस टु साइन्स सकेपछि अहिलेसम्म आइपुग्दा पाणिनिय व्याकरणको कुनै बिन्दुसम्म अध्ययन गरेको छु । कारणभने दुईवटा छन्, एउटा यो हो कि म क्षत्रिय कुलमा जन्मेपनि बाहुनको घरमा हुर्केँ । बुढी हजुरआमाको सामिप्यताले मलाई संस्कृतप्रति लगाव राख्ने बनायो । अर्को कारण उनी हुन् जसलाई म प्रेम गर्थेँ, उनलाई गीताका सबै स्लोक कण्ठस्त थिए, भाषाको ज्ञान पनि उत्तिकै । आफूले प्रेम गर्नेको रुचिलाई पनि प्रेम गर्छ मान्छे । म मा यो स्टेटमेन्ट लागु भयो । अब कुरा गरौँ मानिसहरुको अनुदारपनको, यहाँ धेरैको मानसिकतामा समस्या छ एण्ड दिस ईज द रिजल्ट अफ द्याट मेन्टालिटी ।
१२.तंपाई एकैखाले वस्त्र मात्र लगाउनुहुन्छ, कारण बताउन मिल्छ ?
अलिअलि मिल्ला । मेरो वस्त्र पछाडिको कहानी अर्को महाभारत हो । अहिलेलाई यत्ति भनौँ, यो कसैप्रतिको सम्मान हो । शायद, बाँचुन्जेल म यहीं मात्र लगाउनेछु !
१३.तंपाईको संगीतप्रति पनि झुकाव छ, विशेष गरेर तबला बजाउनमा । यसप्रति आकर्षित हुनुको कारण ?
त्यस्तो ठेट कारण त छैन । कतिपय रुचि बिनाकारण पैदा हुन्छन् र ती असाध्यै प्रिय लाग्छन् ।
१४.चलचित्रका कुरा गरौँ है?
स्योर ।
१५.सर्वप्रथम कुन चलचित्र हेर्नुभयो ?
मलाई सम्झना छैन । थिएटरमा हेरेको पहिलो चलचित्र भने मुनामदन हो ।
१६.सबैभन्दा बढी हेरेको चलचित्र ?
यसमा पनि पुस्तककै नियम लागु हुन्छ । पर्फ्युम र लन्चबक्स असाध्यै मनपर्ने चलचित्र हुन्, यी फिल्म निकैपटक हेरेको छु ।
१४.कस्तो खालका चलचित्र हेर्नुहुन्छ ?
के भनौँ भनौँ भयो । तर, सामान्य स्टोरीमा ब्यूटिफुल प्रिजेन्टेसन भएका चलचित्र मेरो रोजाईमा पर्छन् ।
१५.नेपाली चलचित्रको विकास नहुनुको कारण ?
प्रोडुसर । उनीहरुले राइटरको स्कृप्टमा काम गर्नै मान्दैनन् । तिनलाई आफ्नो डिमान्ड अनुसारको स्टोरी चाहिन्छ र आर्टिस्ट पनि पहिल्यै कास्ट गरिसकेका हुन्छन् । र अर्को कारण ग्रुपिजम् र नेपोटिजम् पनि हो । त्यसैले म नेपाली सिनेजगत भन्दा रङ्गमञ्चसँग नजिक छु । नेपाली नाट्य जगत भने चित्तबुझ्दो छ । आई डु प्रिफर प्ले रादर द्यान नेपाली मुभी !
१६.अहिले तंपाईको सिरानीमा कुन किताब छ ?
नाबाकोभको ‘लोलिता र बाबुराम आचार्यको ‘चीन तिब्बत र नेपाल’ । म लोलिता च्यापेर सुत्ने पाठक हुँ ।
१७.नेपालका प्रधानमन्त्री, राष्ट्रपति तथा स्वास्थ्यमन्त्रीलाई तपाईँले पढ्न सिफारिस गर्ने पुस्तक के के हुन् ?
भो, व्यर्थ हुने सजेसन् नगरौँ ।
१८.अन्तिम प्रश्न, तपाईँले भेट्न चाहेको कुनै तीन स्वर्गीय लेखक ?
संख्या बढाउन मिल्दैन ? खैर, पहिलो त कृष्ण द्वैपायन व्यास हुन् । त्यसपछि दुईजना रोज्नुपर्दा म काफ्का र कालिदासलाई रोज्दथेँ ।