असार १२, काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार राति राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एक महिलाको मृत्यु भएको हो ।
उक्त महिला राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान नेर अचेत अवस्थामा भेटिएकी थिइन् । अस्पताल लैजाने बित्तिकै उनको मृत्यु भएको थियो । उनको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
उक्त महिलाको अझै परिचय खुलेको छैन । यससँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्