असार १२, काठमाडाैं । नेपालमा थप ५९३ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ५९३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यससँगै नेपालमा संक्रमित हुनेहरूकाे संख्या ११ हजार ७५५ पुगेको छ ।
हालसम्म नेपालमा २६ जनाले काेराेनाकाे कारणले ज्यान गुमाएका छन् भने दुई हजार ६९८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया दिनुहोस्