असार १२, काठमाडौं । सिन्धुलीस्थित रहेको अस्पतालको आइसोलेसनमा शुक्रबार बिहान चार बजे एक महिलाको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिकामा घर भएकी उनी सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बस्दै आएकी थिइन् ।
२१ वर्षीया ती महिलामा ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो जिल्ला अस्पताल सिन्धुलीको आइसोलेसनमा भर्ना गरिएको थियो ।
वडाध्यक्ष रामकाजी बाइबाले कोरोना भाइरसको परीक्षण गर्नका लागि स्वाब संकलन भइसकेको बताएका छन् । उनका अनुसार परीक्षणको रिपोर्ट अझै आएको छैन ।
महिलाको शव सिन्धुली अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्