एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले यूरोपमा लकडाउन खुकुलो गरेपछि बितेको केही महिनापछि पहिलो पटक कोरोना संक्रमित बढेकोमा चिन्ता व्यक्त गरेको छ ।
संगठनका क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले यूरोपका ११ देशमा अचानक संक्रमणको संख्या बढेको बताएका छन् । उनका अनुसार ती ११ देशमा अर्मानिया, स्वीडेन, माल्डोवा र उत्तर मेसोडोनिया पनि सामेल भएका छन् ।
उनले भाइरसको प्रकोप फेरि देखिन सक्ने भनेर चेतावनी दिएका थिए । आखिरमा उनको चेतावनी वास्तविक रुपमा देखिएको छ ।
क्लुगले भने, “हामीले बितेकाे केही हप्तादेखि नै नै चेतावनी दिउका थियाैँ । तर यूराेपका धेरै देशमा लकडाउन खुकुलाे बनाइयाे । अन्त्यमा संक्रमण फेरि बढ्याे ।”
उनले यसलाई लिइ सचेत नभए देशको स्वास्थ्यतन्त्र डगमगाउने पनि जनाएका छन् ।
यूरोपका ५४ देशमा आजसम्म २६ लाखभन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ९५ हजारभन्दा धेरैको ज्यान गएको छ ।