एजेन्सी । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल(सीडीसी) ले दुई करोडभन्दा धेरै अमेरिकी नागरिकहरु कोरोना भाइरसको चपेटामा पर्ने आशंका गरेको छ ।
सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहीबार मिडियासँग बोल्दै भने,‘हाम्रो सबैभन्दा उत्कृष्ट आंकलन यो हो कि जब एक व्यक्तिमा संक्रमण भएको रिपोर्ट आउँछ तब दस जना अरुमा संक्रमण देखिसकेको हुन्छ ।’
सीडीसीले अमेरिकामा कोरोनाको चपेटामा धेरै युवाहरु पनि आएकोमा चिन्ता व्यक्त गरेको छ । यद्यपि यसको फाइदा यो छ कि संक्रमित हुने मानिसहरुको मृत्युको संख्यामा भने कमी आउन सक्छ ।
सीडीसीका संक्रामक रोग विशेषज्ञ डा. बटलरका अनुसार युवाहरुले बुढाबुढीले जस्तो सावधानी नअपनाएर कोरोनाको चपेटामा आएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्