एजेन्सी । सेनेगलका राष्ट्रपति म्याकी साल क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमितको सम्पर्कमा आएपछि आफूलाई उनले सेल्फ क्वारेन्टाइनमा राखेका हुन् । यद्यपि उनको रिपोर्ट भने नेगेटिभ नै आएको छ ।
राष्ट्रपति कार्यालयले बुधबार सालमा कोरोना नेगेटिभ देखिएको र उनी डाक्टरको सल्लाहमा १५ दिनको लागि क्वारेन्टाइनमा बसेको बताएको थियो ।
सेनेगलमा ६१०० सयभन्दा धेरै संक्रमित भइसकेका छन् भने ९३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्