Logo

नेपालमा थप २ जनाको मृत्यु



Spread the love

असार ११, काठमाडौं । नेपालमा थप २ जनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ललितपुरको पाटन अस्पतालमा गरी दुई पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । उनी निमोनिया र मधुमेह जस्ता रोगबाट पीडित थिए । उनलाई भेन्टिलेटरमा राखी उपचार गरिंदै आएको थियो ।

बिहिबार बिहान ललितपुरको पाटन अस्पतालमा ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उनले पाँच महिना अगाडि मृगौला प्रत्यारोपण गरेका थिए । उनको आईसीयूमा राखी उपचार गरिंदै थियो ।

यससँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्