असार ११, काठमाडाैं । नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणपश्चात् ४३४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा संक्रमित हुनेहरूकाे संख्या ११ हजार एक सय ६२ पुगेकाे छ ।
यसैगरी २ हजार ६ सय ५० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हालसम्म नेपालमा काेराेना भाइरसबाट २६ जनाकाे ज्यान गइसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस्