Logo

गर्मीबाट राहत पाउन समुन्द्र किनारमा भीड



Spread the love


एजेन्सी । बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि मानिसहरु दक्षिणी समुन्द्रको किनारमा पुगे । बुधबार बेलायतको तापक्रम २८ डिग्री सेल्सियस पुगेको थियो । त्यसपछि मानिसको भीड समुन्द्रको किनारमा देखियो ।

बुधबारकाे तापक्रम यस सालकाे अत्याधिक तापक्रम भएकाे मानिएकाे छ ।

बेलायतमा लकडाउन लगातार खुकुलो हुँदै गइरहेको छ । बितेको महिनादेखि मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जानको लागि अनुमति मिलेको छ ।

यद्यपि बेलातमा कोरोना भाइरस पूर्ण रुपमा निर्मुल भएको छैन । बुधबार बेलायतमा १५४ जनाले ज्यान गुमाएका थिए ।

यसरी भीड जम्मा हुँदा विज्ञहरूले खतरा बढ्न सक्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्