एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या चाँडै नै एक करोड पुग्ने बताएको छ । यति मात्र नभइ अक्सिजन कस्नट्रेटर(अक्सिजन दिने मेसिन) को कमी हुने पनि चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले पत्रकार सम्मेलनमा भने,‘ धेरै देशमा अब अक्सिनज कस्नट्रेटरको कमीबाट गुज्रिरहेका छन् । यस समयमा यस मेसिनको माग आपूर्तिभन्दा धेरै भएको छ ।’
‘विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १४ हजार अक्सिन कस्नट्रेटर खरिद गरेको छ र ती मेसिनलाई आगामी हप्तामा १२० देशमा पठाउने योजना रहेको छ । यसका साथै आगामी ६ महिनामा १ लाख ७० हजार कस्नट्रेटर मिल्ने सम्भावना छ ।’ टेड्रोसले थपे ।
यसैगरी डा. माइक रायनले अमेरिकामा काेराेना भाइरस अझै उच्च गतिमा नदेखिएकाे बताएका छन् । उनले अमेरिकामा संक्रमित र मर्नेहरूकाे संख्या बढ्न सक्ने बताएका छन् ।