Logo

अमेरिकामा फेरि संक्रमण बढ्याे



Spread the love

एजेन्सी । अमेरिकामा एकैदिन कोरोना भाइरसबाट ३४,७०० जना संक्रमित भएका छन् । अप्रिलको अन्त्यपछि पहिलो पटक यति धेरै संख्यामा संक्रमित भएका छन् ।

अमेरिकाले बितेको दुई महिनापछि संक्रमण बढेकाे छ । केही समय संक्रमण रोक्नको लागि सफलता पाएको थियो । दक्षिण र पश्चिम राज्यमा संक्रमण तीव्र गतिले बढेको छ ।

प्रशासन र स्वास्थ्य विशेषज्ञले बुधबार अब राजनेता र जनता दुबै थाक्न लागेको र यसको परिणाम घातक हुन सक्ने बताएका थिए । सुरुवातमा कोरोनाको केन्द्र बनेको न्यूयोर्क र न्यूजर्सीमा भने संक्रमणको संख्या बढ्ने क्रम न्यून छ ।

तर, एरिजोना, क्यालिफोर्निया, टेक्सास, मिस्सीसीपी र ओक्लोहोमा जस्ता प्रदेशमा भने संक्रमणको दर बढ्दो रहेको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा २३ लाख ८१ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाख २१ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्