११ असार,पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।
आज बिहिबार बिहाना कोरोना संक्रमण भएका मध्य म्याग्दीका ६, स्याङ्जाका १, बाग्लुङका २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २ जनामा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्