असार १०, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. कर्मकान्त बास्कोटाको कुर्सी जलाएको छ । बुधबार दिउँसो कुर्ची जलाएपछि उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्टरको कार्यालयमा ताला पनि लगाएका छन् ।
नेपाल विद्यार्थी संघले कुर्सी जलाइसकेपछि नेविसंघको हस्ताक्षर गरेर ताला लगाइएको ढोकामा सूचना टाँसेका छन् । बास्कोटा लगायतका अन्यले आफ्ना मातहतका मानिसहरुलाई नियुक्त गरेको, पढाइको सट्टा आफ्ना मानिसलाई नियुक्ति गरेको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्