Logo

एसईईको आन्तरिक मूल्यांकनमा सहभागी हुन ७५ प्रतिशत हाजिरी चाहिने



Spread the love

असार १०, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको लागि ७५ प्रतिशत हाजिरी चाहिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको विद्यार्थीको मूल्यांकनको लागि ७५ प्रतिशत हाजिरी अनिवार्य गराएको हो ।

७५ प्रतिशतभन्दा कम हाजिरी भएका विद्यार्थीको आन्तरिक मूल्यांकन हुने छैन ।

राष्ट्रिय परीक्षा बोर्डको कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापकको संयोजकत्वमा तीन सदस्यीय मूल्यांकन समिति गरिनेछ । समितिले विद्यार्थीलाई परीक्षा आवेदन फाराम भरेको, पाठ्यक्रमले तोके बमोजिम न्यूनतम ७५ प्रतिशत हाजिरी भएको र परीक्षा दस्तुर बुझाएको विद्यार्थीको मात्र मूल्यांकन गरी अंक पठाउनु पर्ने छ ।

यति मात्र नभइ सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको पनि विवरण तयार पार्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्