Logo

रामदेवको कोरोना औषधिमा प्रतिबन्ध



Spread the love

एजेन्सी । योगगुरु रामदेवले कम्पनी पतञ्जलिले बजारमा ल्याएको कोरोनाको औषधिलाई भारतीय सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार आयुष मन्त्रालयले क्यारोनिल औषधिको प्रचारमा रोक लगाएको हो ।

पतञ्जलिले ल्याएको औषधिमा अनुसन्धान राम्रोसँग नभएकाले मन्त्रालयले विज्ञापन रोक्न आग्रह गरेको छ ।

मन्त्रालयले पतञ्जलिसँग औषधिबारेमा सम्पूर्ण जानकारीहरु ल्याउनको लागि पनि निर्देशन दिएकाे छ ।

मंगलबार रामदेवले कोरोनाको आयुर्वेदिक औषधि बनाएको र यसको सेवनले तीनदेखि एक साताभित्रमा निको हुने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्