एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिश जोनसोनले चार जूलाईबाट सिनेमा, होटल, पब, बार आदि क्षेत्र खुल्ने घोषणा गरेका छन् । यद्यपि नाइट क्लब, जिम आदि भने खुल्ने छैनन् ।
सामाजिक दूरीको लागि दुई मिटरको दूरी घटाएर अब एक मिटर बनाइने पनि उनले बताएका छन् ।
जोनसोनले सरकारले पाँच टेस्ट गरेपछि लकडाउन खुकुलो बनाउने घाेषणा जनाएका छन् ।
पाँच टेस्टकाे जिकिर गर्दै उनले एनएचएसले राम्राेसँग काम गरेकाे उल्लेख गरेका छन् । बेलातमा मर्नेहरुको संख्या कम हुनुको साथै संक्रमणको संख्या पनि कम भइरहेको छ । यसैगरी देशमा पीपीई किट र टेस्टिङ किटको पनि कमी रहेको छैन । यसका साथै देशमा कोरोना भाइरसको दोस्रो चरणको पनि कुनै आशंका रहेको छैन ।
प्रतिक्रिया दिनुहोस्