असार १०, काठमाडौं । सुनको मूल्य फेरि आकासिएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा प्रतितोलामा ५ रुपैयाँ बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्