असार ९, काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाको कारणले मृत्यु भएको छ । सोमबार दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनको मृत्यु असार ८ गते सुर्खेतको प्रादेशिक अस्पतालमा भएको हो । उनी क्षयरोग र दमजस्ता रोगबाट प्रताडित थिए । उनलाई दैलेखबाट थप उपचारको लागि सुर्खेत पठाइएको थियो । असार ४ गते उनको परीक्षण पोजेटिभ आएको थियो ।
यससँगै नेपालमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २४ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्