Logo

योगगुरु रामदेवद्वारा कोरोना भाइरसको औषधि पत्ता लागेको दाबी



Spread the love


एजेन्सी । पतञ्जलिका प्रवर्तक रामदेवले कोरोना भाइरसको आयुर्वेदिक उपचार हुने दाबी गरेका छन् ।

पतञ्जलिले मंगलबार दुई औषधिको विमोचन गरेको थियो । पतञ्जलिले यी दुबै औषधिले कोरोनाको उपचार हुने दाबी गरेको छ ।

पतञ्जलि योगपीठले भारतको हरिद्वारमा क्लिनिकल ट्रायलको दौरानमा कोरोना संक्रमित बिरामीमा सकारात्मक असर परेको जनाएको छ ।

योगगुरु रामदेवले भने, ‘पुरै देश र विश्व कोरोना भाइरसको भ्याक्सिन पर्खिएर बसिरहेका छन् । हामीले आयुर्वेदिक औषधि तयार पारेका छौँ । यस कुरालाई घोषणा गर्न पाउँदा हामीले निकै गर्विलो महसुुस गरेका छौँ । पतञ्जलि रिसर्च सेन्टर र एनआईएमएसको साझा कोसिसमार्फत् यो तयार भएको छ ।’

‘तीनदेखि सात दिनमा यसको प्रयोगले संक्रमित व्यक्ति पूर्ण रुपमा निको हुन्छ । हामीले ६९ प्रतिशत बिरामी तीन दिनमा र सय प्रतिशत बिरामी सात दिनमा निको भएको पाएका छौँ ।’ रामदेवले थपे ।

रामदेवका अनुसार प्रस्तुत औषधिको ट्रायलमा २८० जना बिमारीले भाग लिएका थिए र उनीहरु पूर्ण रुपमा निको भएका छन् । उनले बिरामीलाई परीक्षण गर्नको लागि पहिला नै अनुमति लिइसकेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्