एजेन्सी । अमेरिकाका आधिकारिक आँकडा अनुसार कोरोना भाइरसबाट एक लाख २० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्तामा डेढ लाख अथवा डेढ लाखभन्दा धेरैको ज्यान जान सक्ने बताएका छन् ।
अमेरिकी टेलिभिजन च्यानल स्पेक्ट्रम न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्ले भने, ‘अमेरिकामा कोरोना भाइरसबाट डेढ अथवा त्यो भन्दा धेरैको ज्यान जान सक्छ । यदि हामीले कम गर्नको लागि प्रयास नगरेको भए २० देखि ४० लाख मानिसको ज्यान जाने थियो ।’
यसभन्दा पहिले १६ मार्चमा इम्पेरियल कलेजको एक रिपोर्टले अमेरिकामा चाँडै कदम नउठाए २२ लाख मानिस मर्न सक्ने बताएको थियो ।
यद्यपि अमेरिकाको केही क्षेत्रमा संक्रमितको संख्या कम भएको छ तर टेक्सास, फ्लोरिडा र क्यालिफोर्निया लगायतका २३ राज्यमा संक्रमण अहिले पनि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्