एजेन्सी । मेक्सिकोमा तिम्ल्याहा बच्चामा कोरोना संक्रमण देखिएको छ । सोमबार उनीहरु जन्मेको एकै घण्टामा कोरोना संक्रमण देखिएको हो ।
बच्चाहरू जन्मेको एक घण्टापछि नै कोरोना परीक्षण गरिएको थियो ।
तिम्ल्याहा बच्चाहरु खतराभन्दा मुक्त रहेका छन् । बच्चाहरु जन्मिनुभन्दा पहिला संक्रमित भएका थिए कि जन्मेपछि संक्रमित भए भनी वैज्ञानिकहरु खोजमा लागेका छन् ।
नवजात शिशुमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक होइन, तर यस्ता घटना दुर्लभ नै हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्