असार ९, काठमाडौं । बझाङको क्वारेन्टाइनमा एक युवकले आत्महत्या गरेका छन् । छविस पाथिभेरा गाउँपालिका ७ मा रहेको विद्यालयको क्वारेन्टाइनमा युवकले आत्महत्या गरेका हुन् ।
उनले सोमबार बिहान झुण्डिएर आत्महत्या गरेका हुन् । युवकको उमेर तीस वर्षको थियो ।
उनी भारतबाट नेपाल आइ असार ६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए । युवकको सोमबार नै अन्तिम संस्कार गरिएको छ ।
मृतकको स्वाब संकलन गरी जाँचको लागि पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्