एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना संक्रमणको संख्या एक लाख नाघेको छ ।
अफ्रिकी महादेशमा दक्षिण अफ्रिका पहिलो देश हो जहाँ संक्रमितको संख्या एक लाख पार भएको छ ।
यद्यपि ५३ हजार बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ४६ हजार मानिसको उपचार चलिरहेको छ ।
हालसम्म द. अफ्रिकामा १ हजार ९ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्