असार ८, काठमाडाैं । नेपालमा थप ५३५ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् ५३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या ९५६१ पुगेकाे छ । यसैगरी अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या २ हजार १४२ रहेकाे छ ।
नेपालमा ७७ जिल्लामध्ये रसुवा बाहेक सबै जिल्लामा काेराेना फैलिसकेकाे छ ।
प्रतिक्रिया दिनुहोस्