Logo

गुल्मीमा १४ जना कोरोना संक्रमित डिस्चार्ज, आठ महिनाका शिशुले पनि कोरोनालाई जिते



Spread the love

असार ८, गुल्मी । प्रदेश नम्बर पाँचको पहाडी जिल्ला गुल्मीमा १४ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा रेसुंगा नगरपालिकाका आठ महिने शिशु पनि रहेका छन् ।

जेठको १२ गते भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए । सोही बेलामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरुलाई रेसुंगा नगरपालिका १ मा रहेको आइशोलेसनमा राखी उपचार गरिएको थियो ।

गुल्मीमा कोराना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १७१ पुगिसकेको छ । हालसम्म जिल्लामा ३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्