Logo

पृथ्वीमा उल्कापिण्ड आउँदै, अब २ दिनमात्र बाँकी



Spread the love


एजेन्सी । पृथ्वीमा एउटा उल्कापिण्ड आउँदैछ । प्रस्तुत उल्कापिण्डको नाम २०१० एनवाई सिक्स्टी फाइभ हो । उक्त उल्कापिण्ड १०१७ फिट लामो रहेको छ ।

४६,४०० किलोमिटर प्रतिघण्टाका दरले उल्कापिण्ड पृथ्वीतिर आइरहेको अन्तरराष्ट्रिय सन्चारमाध्यमहरुले बताएका छन् । यो उल्कापिण्ड २४ जुनको दिउँसो १२ बजेर ३० मिनेटमा पृथ्वीको नजिक हुँदै जानेछ ।

जुनमा यसभन्दा पहिला दुईवटा उल्कापिण्ड पृथ्वीको सतह हुँदै गइसकेका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उल्कापिण्ड धरतीबाट करिब ३७ लाख किलोमिटर टाढाबाट जाने बताएकाे छ ।

नासाका वैज्ञानिकहरुले ७५ लाख किलोमिटर भित्रबाट जाने उल्कापिण्डलाई खतरा मान्दछ ।

सन् २०१३ मा रुसमा एउटा उल्कापिण्ड खसेको थियो । उक्त उल्कापिण्ड खस्दा एक हजारभन्दा धेरै मानिस घाइते भएका थिए । हजारौँ घरका झ्याल अनि ढोका फुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्