Logo

याे देशकाे स्वास्थ्यमन्त्रीलाई हुन सक्छ १५ वर्षको जेल सजाय



Spread the love


एजेन्सी । जिम्बाबेका स्वास्थ्यमन्त्री ओबादी मोयोले कोरोना भाइरसको टेस्ट किट किन्दा भ्रष्टाचार गरेको आरोपमा गिरफ्तार गरिएको छ । उनले कोरोना टेस्ट किट र अन्य उपकरणको लागि लाखौँ अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यद्यपि शुक्रबार गिरफ्तार भएपछि शनिबार एक अदालतले उनलाई जमानत दिएको थियो । अनुसन्धानकर्ताहरुले जमानतको विरोध गरेका छैनन् । दोषी सावित भए भने उनी पन्ध्र वर्षको जेल सजाय हुन सक्छ ।

जिम्बाबेका स्वास्थ्यमन्त्रीमाथि आफ्नो पदको दुरुपयोग गरेको पनि आरोप लागेको छ ।
ड्राक्स इन्टरनेशनल एलएलसी र ड्राक्स कन्सल्ट एसएजीएल कम्पनीसँगको कारोबारमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । पछि जिम्बाबेका राष्ट्रपतिले सम्बन्धित कम्पनीको साथमा करार रद्द गरेका थिए ।

गएको साता संयुक्त राष्ट्र संघको कम्पनी ड्राक्स इन्टरनेशनलको एक स्थानीय प्रतिनिधिलाई गिरफ्तार गरिएको थियो । यद्यपि कम्पनीले भ्रष्टाचारको आरोपलाई स्वीकार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्