Logo

ट्रम्प गणतन्त्रको लागि खतरा– बोल्टन



Spread the love


एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गणतन्त्रको लागि खतरा भएको बताएका छन् ।

आइतबार राति अमेरिकन टेलिभिजनसँग अन्तर्वार्तामा बोल्दै उनले भने, ‘ ट्रम्प भ्लादिमिर पुटिनबाट खेलिएका छन् । यति मात्र नभइ उनलाई बाहिरका जसले पनि खेलाउन सक्छ । यो गणतन्त्रको लागि खतरा हो ।’

‘मलाइ आशा थियो कि ट्रम्पलाई एक अवधिको राष्ट्रपतिको रुपमा याद गरिनेछ । तर, उनले देशलाई धेरै समस्यामा पारे, हामी गिन्ती पनि गर्न सक्दैनौँ ।’ बोल्टनले थपे ।

बोल्टनले ट्रम्पलाई अनिश्चित र आवेगीको पनि संज्ञा दिएका छन् ।

यसभन्दा अगि पनि बोल्टनले एबीसी न्यूजसँगको अन्तर्वार्तामा डोनाल्ड ट्रम्प राष्ट्रपति पदको लागि सक्षम नभएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्