Logo

मानव बेचबिखन गर्ने दुई जना पक्राउ



Spread the love

प्रतीकात्मक तस्वीर

असार ८, काठमाडौं । मानव बेचबिखन गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन नियन्त्रण शाखाले १३ वर्षीया बालिकालाई भारत लगी बेच्ने दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २२ वर्षीय कृष्ण मगर र २८ वर्षीय प्रविन तामाङ रहेका छन् । उनीहरुले ललितपुर महानगरपालिकाकी १३ वर्षीय बालिकालाई काममा लगाइदिने भनी ललाइफकाइ गरी भारत लगेर बेचेका थिए ।

जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा ती बालिकाको उद्धार गरिएको हो ।

मानव बेचबिखनमा लागेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने छ ।

प्रतिक्रिया दिनुहोस्