एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई कुंग फ्लुको नाम दिएका छन् ।
राष्ट्रपति ट्रम्पले शनिबार ओक्लोहोमामा चुनावी र्यालीलाई सम्बोधन गरेका थिए । प्रस्तुत र्याली उनको पहिलो चुनावी र्याली हो । उक्त र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘कोरोना भाइरस यस्तो बिमारी हो जसको सबैभन्दा धेरै नामले पुकारिन्छ । म कोरोना भाइरसलाई कुंग फ्लुको नाम दिन सक्छु । म यस भाइरसलाई १९ वटा फरक–फरक नामले पुकार्छु । कोही मानिस यसलाई भाइरस भनिरहेका छन् त कोही फ्लु । दुईमा केही फरक छैन ।’
ट्रम्पले कोरोना भाइरसलाई लिएर ताण्डप मच्चाइरहेका छन् । कहिले उनी भाइरसलाई चाइनिज भाइरस भन्छन् त कहिले कुंग फ्लु ।
कोरोना भाइरसबाट विश्वभर ८८ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने ४ लाख ६४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अमेरिकामा कोरोना भाइरसबाट २२ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने १ लाख १९ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।