Logo

चीनमा फेरि संक्रमण देखियो



Spread the love

एजेन्सी । चीनमा आइतबार कोरोना भाइरसबाट २५ जना संक्रमित भएका छन् । जसमध्ये २२ जना राजधानी बेइजिङ र बाँकी हुवावे प्रान्तमा भेटिएका छन् ।

चीनकोे राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार राजधानीमा अहिलेसम्म २३ लाख जनाले परीक्षणको लागि नमुना दिइसकेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन रोक्नको लागि राजधानीको सबैभन्दा ठुलो खाद्यान बजार बन्द गरिएको छ ।

चीनमा कोरोना भाइरसबाट ८४,५५३ जना संक्रमित भएका छन् भने ४६३९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्