Logo

कोरोना संक्रमणबाट मृत्यु भएका एक नेपालीको १३ दिनपश्चात् अन्तिम संस्कार



Spread the love

असार ७, काठमाडौं । कोरोना संक्रमणबाट भारतको राजधानी दिल्लीमा ज्यान गुमाएका एक नेपालीको अन्तिम संस्कार गरिएको छ ।

झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणबाट जेठ २५ गते मृत्यु भएको थियो । उनको मृत्यु भएको १३ दिनपछि नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा शनिबार अन्तिम संस्कार गरिएको हो ।

उनी दिल्लीमा कुरिअर सेवामा आवद्ध थिए । उनको शवलाई नेपाल पठाउन समस्या देखिएकाले दिल्लीमै अन्तिम संस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्