Logo

एक महिनामा ट्रम्पले गरे १९२ झुटो दाबीः रिपोर्ट



Spread the love


एजेन्सी । एक रिपोर्टमा बताइएको छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ मेदेखि ७ जुनसम्म १९२ झुटो दाबी गरेका छन् । अमेरिकी टिभी च्यानल सीएनएनकी रिपोर्टमा ट्रम्पले कोरोना महामारीको दौरान गलत दाबी गरिरहेको र कोरोनालाई लिएर झुटो बोलेको उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार ट्रम्पले कोरोना भाइरस अथवा कोरोना संकटलाई लिएर ६१ वटा गलत दाबी गरे । करिब ५ साताको दौरानमा ट्रम्पले प्रतिदिन औषतमा ५.५ गलत दाबी गरेका छन् । यद्यपि यो पनि बताइएको छ कि सन् २०१९ देखि अहिलेसम्म हेर्ने हो भने ट्रम्पले प्रतिदिन औषतमा ७.७ गलत दाबी गरेका छन् । यानेकी बितेको २ महिनामा उनले औषतमा कम झुटाे दाबी गरे ।

ट्रम्पले १९२ झुटमध्ये ४२ झुट ट्वीटरमा दाबी गरेका छन् । मेमा एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले १४ पटक झुटो कुरा गरे । अर्को च्यानलमा पनि उनले १० पटक झुटाे दाबी गरेका थिए ।

ट्रम्पले केही दिन पहिला अमेरिकामा कोरोना भाइरसबाट एक लाख ५ हजारको मृत्यु भएको र यसभन्दा पहिला यति धेरै संख्यामा ज्यान नगएको बताएका थिए । तर अनुमानित आंकडा अनुसार १९१८–१९१९ को फ्लुमा ६.७५ मानिसले ज्यान गुमाएका थिए ।

सन् २०१९ को ८ जुलाइदेखि अहिलेसम्म ट्रम्पले २५७६ झुटाे दाबी गरिसकेका छन् ।

४ मेदेखि ७ जुनसम्म ट्रम्पले चीन, कारोना भाइरस र अर्थतन्त्रलाई लिइ सबैभन्दा धेरै झुटाे दाबी गरे । ट्रम्पले कोरोना भाइरस, चीन, अर्थतन्त्र, व्यापार, सैनिक र चुनावलाई लिई क्रमश; ६१, ३४, २२, १८, १६, १६ पटक झुट बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्