एजेन्सी । साउदी अरेबियाले आइतबारबाट राष्ट्रव्यापी रुपमा लगाइएको कर्फ्यु हटाउने घोषणा गरेको छ । यद्यपि कर्फ्यु हटाइएपनि विभिन्न क्षेत्रमा प्रतिबन्ध भने लगाइने छ ।
प्रशासनले सबै आर्थिक र व्यावसायिक गतिविधि सुरु गर्ने तर अन्तरराष्ट्रिय यात्रा र धार्मिक यात्रामा भने प्रतिबन्ध लगाउने बताएको छ ।
साउदी अरेबियाले जुलाइबाट सुरु गरिने हजयात्रालाई लिएर केही पनि घोषणा गरेको छैन । यद्यपि मलेसिया र इण्डोनेसिया लगायतका देशहरुले जनतालाई हजयात्राको लागि अनुमति दिइसकेका छन् ।
जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार साउदी अरेबियामा अहिलेसम्म १ लाख ५५ हजार संक्रमित भएका छन् भने १२३० जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्