Logo

सदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ सय ७९ पुग्यो



Spread the love

असार ६, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ७९ पुगेको छ । शनिबार थप ९४ जनामा कोरोना संक्रमण देखिएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ८ सय ७९ पुगेको हो ।

मन्त्रालयका अनुसार डोटीका ६१, बैतडीका १८, डडेलधुराका १२ र कैलालीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा सबैभन्दा धेरै संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा २ सय ५ जनामा संक्रमण देखिएको छ । यसैगरी डडेलधुरामा १ सय ४४, बैतडीमा १ सय ३८, डोटीमा १ सय २२, कञ्चनपुरमा ९६, अछाममा ७४, बाजुरामा ७०, बझाङमा १९ र दार्चुलामा १२ जनामा संक्रमण देखिएको छ ।

कोरोना भाइरसबाट ५ जनाको ज्यान गइसकेको छ भने १२४ जना निको भइ घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्