Logo

निरन्तर उकालो लागेको सुनको भाउ तोलामा १ सयले बढ्यो



Spread the love

५ असार, काठमाडौं। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य १ सयले बढेको छ ।

महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा १ सय रुपैयाँले बढेर ८९ हजार ९ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ९ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्