एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि सक्षम नभएको बताएका छन् ।
जोन बोल्टनले अमेरिकाको मिडिया एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा बोल्टनले भने, ‘मलाइ लाग्दैन कि डोनाल्ड ट्रम्प राष्ट्रपतिको लागि सक्षम छन् । मैले त्यस्तो कुनै कारण देख्दिन कि उनले दोस्रो पटक चुनाव जितेर राष्ट्रपति बनुन् ।’
जोन बोल्टनले आफ्नो किताबमा रिपब्लिक पार्टीका नेता र राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै गलत काम गरेको लेखेका छन् । उनले चिनियाँ राष्ट्रपतिसँग चुनाव जित्नको लागि सहयोग मागेको पनि उल्लेख गरेका छन् ।
धेरै विज्ञहरुले यसपालीको चुनावमा डोनाल्ड ट्रम्पले जित्न मुस्किल हुने बताएका छन् । यस समयमा ट्रम्प विभिन्न समस्याले झेलिएका छन् । कोरोना भाइरसको कहर हुँदाहुँदै जातिय विभेदको विरोध र प्रहरीको त्रुरताले ट्रम्पलाई निकै तनाव दिएको छ ।