५ असार,पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।
आज कोरोना संक्रमण भएका मध्य पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जना संक्रमितबाहेक बाँकी सबै भारतबाट आएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्