असार ४, काठमाडौं । कर्णाली प्रदेशका दुई जिल्ला सुर्खेत र दैलेखमा १२० जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेतमा रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । आज थपिएका संक्रमितसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेहरुको संख्या १२२४ जना पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा चार जनाले ज्यान गुमाएका छन् भने ५०५ जना निको भइ घर पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्