एजेन्सी । काजकिस्तानका पूर्व राष्ट्रपति नुरसुल्तान नजरबायेब कोरोना संक्रमित भएका छन् । संक्रमित भएसँगै उनी आइसोलेशनमा गएका छन् ।
उनका प्रवक्ताले ट्वीटरमा चिन्ता गर्नु पर्ने कुरा नभएको भनी बताएका छन् ।
७९ वर्षीय नजरबायेवले तीन दशकसम्म सत्तामा रहेपछि बितेको साल राष्ट्रपतिको पदबाट राजीनामा दिएका थिए । तर, अहिले उनी राष्ट्रिय नेता र काजकिस्तानको सुरक्षा संघको प्रमुखको रुपमा काम गरिरहेका छन् ।
काजकिस्तानमा कोरोना भाइरसबाट १६ हजार संक्रमित भएका छन् । लकडाउन हटाएपछि संक्रमितको संख्यामा वृद्धि भएको थियो । काजकिस्तानमा पुनः लकडाउन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्