असार ४, काठमाडौं । डडेलधुरामा थप ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनसंख्या प्रयोगशाला टेकुमा गरिएको परीक्षण अनुसार ८३ जनामा संक्रमण देखिएको हो ।
संक्रमितहरु कहाँका हुन् भनी अझै खुलासा भएको छैन ।
यससँगै डडेलधुरामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्