एजेन्सी । ल्याटिन अमेरिकी देश पेरुमा कोरोनाको संक्रमण बढिरहेको छ । पेरुले संक्रमणको मामिलामा इटलीलाई उछिनिसकेको छ ।
पेरुमा संक्रमित हुनेहरुको संख्या २ लाख ४० हजार ९०८ रहेको छ । एक समयमा यूरोपमा सबैभन्दा बढी प्रभावित इटली भएको थियो ।
संक्रमणको मामिलामा ल्याटिन अमेरिकी देशमा ब्राजिलपछि पेरु दोस्रो स्थानमा रहेको छ । पेरुमा अहिलेसम्म ७२५७ जनाले ज्यान गुमाइसकेका छन् । ब्राजिलमा भने ४६ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
ल्याटिन अमेरिका कोरोनाको केन्द्र बनेको छ । ल्याटिन अमेरिकामा ४० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । पेरुले ३० जुनसम्म लकडाउन बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्