Logo

सबैलाई उछिन्दै भारत अहिले संसारकै ४ नम्बर सुचिमा, दिनप्रति दिन झन् जोखिम



Spread the love

५ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको देश हो भने विश्वभर सबै भन्दा धेरै कोरोना संक्रमण भएको देश अमेरिकामा २२ लाख ३४ रहेको छ भने दोस्रोमा ब्राजिलमा ९ लाख ५५ हजार ३ सय ७७ रहेको छ । तेस्रोमा रसियामा पनि निकै जोखिम रहेको छ अहिले रसियामा कोरोना संक्रमण ५ लाख ५२ हजार ५ सय ४९ रहेको छ भने भारत सधै देशलाइ उछिन्दै अहिले ४ नम्बर सुचिमा रहेको छ ।

केहि दिन याता भरात कोरोनाको असर निकै पर्न थालेको छ । भारतमा हिजो मात्र अहिलेसम्मकै धेरै २ हजार भन्दा बढीको कोरोनाको कारण ज्यान गएको छ । अरु देशमा कोरोना संक्रमण घटेको छ भने भारतमा दिन प्रति दिन झन् जोखिम हुँदै आएको छ । भारतमा यस्तै रप्तारमा गयो भने भारत १ नम्बार सुचिमा पर्न सक्ने अनुमान रहेको छ । लकडाउन खुकुलो गरे संगै भारत निकै जोखिमा रहेको छ ।

भारतमा बितेको २४ घण्टामा ३ सय ४१ जनाले ज्यान गुमाएका छन् भने १२ हजार २ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई १७तारिखमा मात्रै भारतमा २ हजार जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या १७ सयले ले घटेको छ । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ३ लाख ६७ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १२ हजार २ सय ६२ जनाको मृत्यु भइसकेको छ । १ लाख ९४ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्