असार ३, काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिकाको कालापानी भन्ने क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारीमा सरकार जुटेको छ । सम्भ्यावता अध्ययन गरी नेपाली सेनाको ब्यारेक राखिने तयारी हुँदैछ ।
सम्भावित अध्ययन भइरहेको तर ब्यारेक राख्ने कुरामा टुंगो लागेको छैन ।
सेनाको ब्यारेक राख्नको लागि तीन स्थान हेरिसकेको छ । अहिले सरकारले व्यास गाउँपालिकाको छाङ्रुमा प्रहरीको चौकी राखिसकिएको छ । यसैगरी तिंकरमा पनि प्रहरीको सानो टोली पठाइएको छ ।
भारतले दार्चुलामा करिब ३७ हजार हेक्टर भूमि कब्जा गरेको छ । भारतले नेपाल र चीनको सीमाक्षेत्रमा १० हजारभन्दा धेरै सुरक्षाफौज राखिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्