असार ३, काठमाडौं । चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पताल बन्द भएको छ । उक्त अस्पताल चैत ७ गते सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको दुई महिनामै अस्पतालले आफ्नो सेवा बन्द गरेको हो ।
७२ घण्टामा बनेको अस्पताल कोरोना संक्रमितको संख्या बढ्दै गर्दा बन्द भएको छ । अस्पतालले मंगलबार विज्ञप्ति जारी गरी अस्पताल बन्द भएको सूचना दिएको थियो ।
अस्पताल स्रोतका अनुसार उक्त अस्पतालमा रहेका १८ जना कोराना संक्रमितलाई भरतपुर अस्पतालमा सिफ्ट गरिएको छ ।
विज्ञप्तिमा अस्पताल किन बन्द भयो भनी खुलासा गरिएको छैन । सुरक्षाकाे दृष्टिकाेणले निर्मलीकरण गरिने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्