एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरसले लद्याखमा घटेको घटनालाई लिएर चिन्तित भएका छन् । उनले दुबै देशलाई शान्त संयमित अपनाउनको लागि अपील गरेका छन् ।
गुटेरसका प्रवक्ता इरी कनेकोले भनिन्, ‘हामी चीन र भारतको सीमामा भएको
हिंसाको रिपोर्टमा चिन्तित छौँ । ’
‘हामी दुबै पक्षलाई संयमित हुनको लागि आग्रह गर्दछौँ । हामी दुबै देशलाई शान्त गर्न लागी पर्नेछौँ । ’ उनले थपिन् ।
लद्याखमा सोमबार राति भएको भिडन्तमा एक सैनिक अधिकारीसहित दुई भारतीय सैनिकको ज्यान गएको थियो । यद्यपि पछि भारतीय सैनिकले २० जनाको ज्यान गएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्