एजेन्सी । चीनमा कोरोनाको दोस्रो चरण सुरु भएको मान्न थालिएको छ । बितेको दस दिनमा बेइजिङमा कोरोना भाइरसका १५० जना संक्रमित भेटिएका छन् । जसले गर्दा चीनले विमानको उडान खारेज गर्ने फैसला गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङ विमानस्थलले करिब १२५५ उडान खारेज गरिएको छ ।
बितेको सालको डिसेम्बरमा चीनबाट भाइरसको संक्रमण सुरु भएको थियो । फेब्रुअरीसम्म चीनमा लगातार संक्रमित भइरहे । त्यसपछि भने संक्रमितको संख्यामा कमी हुँदै गयो । मार्चमा करिब ८४ हजार संक्रमित भएपछि संक्रमितको संख्या घटेको थियो ।
संक्रमितको संख्या कम भएपछि चीनले विस्तारै लकडाउन हटाइ सामान्य जनजीवनमा आएको थियो । तर, यस केही दिनअगाडि बेइजिङमा ३६ जनामा संक्रमण देखिएपछि बजार बन्द गरिनुका साथै परीक्षण बढाइयो ।
कोरोनाको संक्रमण पुनः सुरु भएपछि चीनले सावधानी अपनाउन थालेको छ । भीडवाला बजार, स्कुल, हाइस्कुल पनि बन्द गरिएको छ ।